खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पाँचथर गोल्डकपमा, पथरीलाई टाइब्रेकरमा पराजित गर्दै वाग्मती युवा क्लब अन्तिम चारमा


 संवाददाता   February 26, 2024   46 जनाले पढ़िसके




१४ फाल्गुन २०८०, सोमबार

पाँचथर — पाँचथरको फिदिममा सञ्चालन भइरहेको चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा पथरीलाई हराउँदै वाग्मती युवा क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा पथरी ११ फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४ – १ गोल अन्तरले पाखा लगाउँदै बागमती युथ क्लब सर्लाहीले खेल जितेको हो । निर्धारित समयमा गोल रहित बराबर भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

खेल जिताउन सर्लाहीका निर्मल बल, दिवस लिम्बु, अभी लामा र अनिल रानाले गोल गरे । मोरङको तर्फ बाट एक मात्र गोल निरोज परियारले गरे । सर्लाहीका गोल किपर रौनक चम्लागाई म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । दुई जना विदेशी खेलाडी सहित खेलेको मोरङले गोल गर्न नसक्दा प्रतियोगिता बाट बाहिरिएको छ ।

आयोजक पाँचथर क्लबले प्रदान गर्ने सुट आउट हिरोको पुरस्कार कुनै पनि दर्शकले जित्न सकेनन् । फ्यान अफ द म्याच को पुरस्कार टेकनाथ काफ्लेले प्राप्त गरेका छन् । पाँचथर क्लबको आयोजनामा फागुन १२ देखी १९ सम्म हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उप विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।

मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी भएका छन् ।