खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



एनएसएलको च्याम्पियन ट्रफी सार्वजनिक,उपाधिको लागि ललितपुर सिटी र धनगढी एफसी भिड्दै


 संवाददाता   December 29, 2023   148 जनाले पढ़िसके




काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को च्याम्पियन ट्रफी सार्वजनिक गरएिको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दोश्रो संस्करणको एनएसएलको च्याम्पियन ट्रफी सार्वजनिक गरेको हो ।

आयोजकले दिएको जानकारी अनुसार यस पटक विजेतालाई प्रदान गरिने पुरस्कार राशि दोब्बर भएर जित्ने टोलीले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ नगद पुरस्कार पाएको थियो ।

प्रतियोगिताको उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।

त्यस्तै प्रतियोगिताको उदीयमान खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उपाधिका लागि शनिबार साँझ ५:३० बजे दशरथ रंगशालामा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।