काठमाडौँ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तामाङ संघको केन्द्रिय तदर्थ कार्यसमिति बिस्तार गरिएको छ । आइतबार ललितपुरको धोविघाटमा एक कार्यक्रमको आजोजना गरेर केन्द्रीय तदर्थ कार्यसमिति बिस्तार गरिएको हो ।
नेपाल तामाङ संघको नेतृत्वमा रामकृष्ण तामाङलाइ गत असार २८ गते पार्टि सभापति शेर बहादुर देउवाले जिम्मेवारी दिइएको थियो । उनले ३९ सदस्यीय केन्द्रीय तदर्थ समितीको घोषणा गरेर पदस्थापन तथा सपथ ग्रहण गरेका हुन् । ३९ जना सदस्यीयमा र।मेछापबाट तीन जना मनोनीत भएका छन् । रामेछापबाट मनोनीत हुनेहरुमा मिलन घिसिङ, याम पाख्रिन र पदम लामा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सह महामन्त्री भिष्मराज आङ्दाम्बे थिए । उनले तदर्थ समितिलाई सफलताको शुभकामना व्यक्त गर्दै सम्पुर्ण तामाङहरु एक भएर अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एवम् संसदिय दलको सचेतक सुशीला थिङ , केन्द्रिय सदस्य एवम् जनजाति विभाग प्रमुख दिलमान पाख्रीन , केन्द्रिय सदस्य गणेश लामा,मकवानपुर जिल्ला सभापति बुद्ध लामा, नेपाली काङ्ग्रेस दोलखा जिल्ला सभापति वर्मा लामा, रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ, सिन्धुपाल्चोक जिला सभापति जङ्ग बाहादुर तामाङ, ललितपुर जिल्ला सभापति जितेन्द्र मलेखु, नेपाली काङ्ग्रेस काभ्रेका सचीव गुणराज मुक्तान, नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष गेल्जे लामा शेर्पा लगाएत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।