खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



काङ्ग्रेस पार्टीभित्र एकताको आवस्यक छ : प्रवक्ता महत


 संवाददाता   December 23, 2023   170 जनाले पढ़िसके




 

 

 

काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र एकताको आवस्यकता रहेको बताएका छन् ।

 

शनिबार काङ्ग्रेस वाग्मती प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

 

अर्थमन्त्री समेत रहेका महतले पार्टीभित्र वडादेखि केन्द्रसम्म एकताबद्ध भएर अघि बढ्ने हो भने कांग्रेसलाई कसैले रोक्न नसक्ने दावी गरे ।

‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग-अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ,’ अर्थमन्त्री महतले भने ।

 

 

आफू प्रतिकुल परिस्थितिमा अर्थमन्त्री बनेको भए पनि सुधारका लागि ठूलो कसरत गरिरहेको उनले बताए ।