खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



आर्थिक वर्ष २०८१/0८२ को बजेट तयारी गर्न सम्बन्धित मन्त्रालय र निकायहरुमा आयोगको पत्राचार


 संवाददाता   December 21, 2023   231 जनाले पढ़िसके




काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/0८२ को बजेट तयारीको लागि कार्य अगाडि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गरेको छ । आयोगमा विहिबार आयोजित कार्यक्रम मार्फत मंसिर २८ गते नै यस सम्बन्धमा पत्राचार गरिसकेको योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले जानकारी गराए।

आयोगका उपाध्यक्ष श्रेष्ठका अनुसार राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना तथा कार्यक्रममा मात्र बजेट विनियोजन गर्नेगरी बजेट बनाउन आग्रह गरिएको छ । यस्तै राष्ट्रिय योजना आयोगले आगामी आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने समपूरक तथा विशेष अनुदानका आयोजना तथा कार्यक्रमहरुको प्रस्ताव आह्वान सम्बन्धी सूचना गोरखापत्र दैनिकमा प्रकाशन गरिसकेको पनि जनाएको छ।

त्यस्तै आयोगले हालसम्म एकीकृत प्रारम्भिक मस्यौदामाथि छलफल, प्रदेश र स्थानीय तहसँग अन्तर्क्रिया र सुझाव लिने काम सम्पन्न गरिसकेको जनाएके छ।