खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



आईपीएल अक्सन : ११ करोड ५० लाखमा बैंग्लोरले किने वेस्ट इन्डिजका अल्जारी


 संवाददाता   December 19, 2023   279 जनाले पढ़िसके




काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग -आईपीएल_ क्रिकेटको अक्सन -खेलाडी खरिद प्रक्रिया_मा वेस्ट इन्डिजका अल्जारी जोसेफलाई रोयल च्यालेन्जर्स बैंगलोरले ठुलो रकममा खरिद गरेको छ । उनलाई बैंगलोरले ११ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको हो । उनको न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ ताकिएको थियो ।

यसैगरी भारतका उमेश यादवलाई गुजरात टाइटन्सले किनेको छ । उनलाई गुजरातले ५ करोड ८० लाख रुपैयाँमा खरिद गरेको हो । भारतका शिवम माभीलाई भने लखनउ सुपर जाइन्ट्सले किनेको छ । उनलाई लखनउले ६ करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

यसैगरी दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सलाई दिल्ली क्यापिटल्सले किनेको छ । उनलाई दिल्लीले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख नै राखिएको थियो । २३ वर्षीय ट्रिस्टन दायाँ हाते ब्याट्सम्यान हुन् । उनी विकेटकिपरको भूमिका निर्वाह गर्न पनि सक्छन् ।

यसैगरी भारतीय खेलाडी केएस भरतलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको छ । ३० वर्षीय विकेटकिपर ब्याट्सम्यान भरतलाई कोलकाताले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख रुपैयाँ नै निर्धारण गरिएको थियो ।

यसैगरी भारतका चैतन्य सकरियालाई पनि कोलकाता नाइट राइडर्सले खरिद गरेको छ । २५ वर्षीय चैतन्यलाई कोलकाताले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख रुपैयाँ नै तोकिएको थियो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनी अलराउन्डर खेलाडी हुन् ।