खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



रामेछापका गौतम साउदिको जेलमा,नेपालमा श्रीमती र बच्चाको बिच्चली!


 संवाददाता   December 11, 2023   1939 जनाले पढ़िसके




काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा न‍‌‍म्बर १० चनखुका गौतम तामाङ साउदिको जेलमा अलपत्र परेका छन् । रोजगारिको सिलसिलामा झन्डै पाँच वर्षअघि साउदि पुगेका गौतम नौँ महिना देखि जेलमा रहेको उनका श्रीमती सिर्जना तामाङले बताइन् ।

गाैतम तामाङ कार्यरत कम्पनि

श्रीमती सिर्जनाकाअनुसार गौतम अहिले रियादस्थित अल्खरोज अफ्ग्वान जेलमा रहेका छन् । साउदिकाे रियाद स्थित एक Niqleen Co नामक ट्रान्सपोर्ट कम्पनिमा ड्राइभरकाे रुपमा कार्यरत उनलाई आफ्नै कम्पनिका सन्चालकले चोरी केसमा जेल हालेको बुझिएको छ । उनले चलाइरहेको गाडीबाट एकदिन राति सामान चोरी भएको खबर कम्पनीलाई जानकारि गराउँदा उल्टै उनलाई चोर दोष लगाएर जेल हालिएको गौतमको भनाई छ । गौतमले आफुलाई सकुशल नेपालमा उद्वार गरिदिन पटकपटक अनुरोध गर्दै आइरहेका छन् ।

श्रीमान जेलमा परेपछि नेपालमा एक छोरी सहित उनका परिवारको बिचल्ली भएको छ । ‘श्रीमान जेलमा परेपछि हामीलाइ समस्या भएको छ । अहिले कोठा भाडा समेत तीर्न सकेको छैन ’ सिर्जनाले भनिन ‘एघार वर्षको छोरी छ । उनको स्कुलको फि तीर्न पटकपटक स्कुलले बिल पठाउँदा पनि चुपचाप बस्नुपरेको छ ।’

चाेरि भएकाे सामान र गाडि

अहिले आफन्तजनहरुबाट सहयोग लिएर बसिरहेका सिर्जनालाई आफ्नो श्रीमान् सकुशल नेपाल आइदिए हुन्थ्यो भन्ने छ ।  श्रीमान् जेलमा परेको खबर सुनेपछि उनलाई रातभर निन्द्रा लाग्न छोडिसकेको छ ।  उनले कन्सुलर  सेवा विभाग र पररास्ट्र मन्त्रालयमा समेत आफ्नो श्रीमान् उद्वार गरिदिनको लागि निवेदन दिएकी छन् ।

केहि पैसा कमाएर फर्किने उदेस्यले विदेश गएका छोरा जेलमा छ भनेको खबर सुन्दा पिडा भएको आमाले बताइन । रुँदै आमा भन्छिन -‘ हामीलाई पैसा कत्ति पनि चाहिएन ,छोरा आइदिए मात्रै हुन्थ्यो ।’
यसबारेमा नेपालको राजदुतावास साउदीमा खबर भइसकेकोले अहिले घटनाको बारेमा बुझ्न लागिएको पररास्ट्र  मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।