खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



यसरी पाएका थिए बबीले एनिमलमा अवसर, थाहा पाउँदा दर्शक नै चकित!


 संवाददाता   December 6, 2023   258 जनाले पढ़िसके




काठमाडौं । बलिउड अभिनेता बबी देवलले सन् २०१८ मा सलमान खानसँग रेस थ्रीबाट आफ्नो कमब्याक गरिसकेका थिए । त्यसयता लभ होष्टल, आश्रम र हाउसफूल ४ बाट पनि उनले बलिउडमा आफ्नो पुनरागमन प्रमाणित गरिसकेका छन् ।

तर एनिमलले जत्तिकै उनको फ्यानहरूमा प्रभाव अरूले पार्न सकेन । संदिप वांगा रेड्डीको एनिमलमा खलनायकको भूमिकाले बबीको फिल्मी करियरलाई अर्को उचाइ दिएको छ । यो फिल्ममा भिलेनको भूमिका बबीले कसरी पाएका थिए रु यसको कहानी रोचक छ ।

 

 

बबी देओलले सेलिब्रेटी क्रिकेट लिगमा खेल्दाताकाको एउटा फोटो हेरेर संदिपले बबीलाई सो भूमिका दिएका थिए । संदिपले बबीलाई त्यो फोटो देखाएर ‘फोटोमा तिम्रो जुन एक्सप्रेसन छ–मलाई यस्तै चाहिन्छ’ भनेका थिए ।

 

एनिमलमा रणबीर कपुर र बबी देओल दुबैलाई खुंखार देखाइएको छ । रणवीरको अभिनयको जति तारिफ भइरहेको छ त्यति नै बबी देओलको पनि भइरहेको छ । थोरै मात्रै सिन अनि एउटै डाइलग नहुँदा पनि बबीले निकै तारिफ पाइरहेका छन् । एजेन्सी