खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



ठाँटीमा मंसिर ११ देखि १५ सम्म विभिन्न खेलकुद तथा वृहत् सास्कृतिक कार्यक्रम गर्ने


 संवाददाता   November 19, 2023   343 जनाले पढ़िसके




 

 

 

 

सुर्खेत । चिङ्गाड गाउँपालिका वडा नं ३ र ४ मा ठाँटी बजार व्यवस्थापन समितिले अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

 

मंसिर पुर्णिमाको दिन हुने ठाँटी जात्राको अवसरमा मंसिर ११ देखि १५ गतेसम्म विभिन्न खेलकुद तथा वृहत सास्कृतिक कार्यक्रम गर्ने समितिको अध्यक्ष महेश जिसिले जानकारी दिए ।

अध्यक्ष महेशका अनुसार अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेलाई क्रमशः १,११,१११/- , ७७,७७७/- र ५५,५५५/- दिइनेछ । टिम दर्ताको लागि ६ हजार शुल्क तोकिएको छ ।

 

त्यस्तै विद्यालय स्तरिय नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार ,द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

 

यस्तै खुल्ला लोक तथा दोहोरी गित प्रतियोगितामा प्रथम हुनेलाई बीस हजार , द्वितीयलाई पन्ध्र हजार र तृतीयलाई दश हजार पुरस्कार राखिएको छ ।