खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



आरतीलाई न्याय माग गर्दै प्रभु साह पनि माइतीघरमा


 संवाददाता   November 8, 2023   187 जनाले पढ़िसके




काठमाडौं । आरती साहलाई न्याय दिन माग गर्दै माइतीघरमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह सहभागी भएका छन् । आरतीको माइती पक्षले गरेको धर्नालाई समर्थन गर्दै प्रभु शाह पनि सहभागी भएका हुन ।

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

 

 

साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ ।

 

गृह मन्त्रालयले साहका बुवा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको थियो । तर सरकार र आरती पक्षबीच वार्ता हुन सकेको छैन ।