खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु हुने


 संवाददाता   November 7, 2023   445 जनाले पढ़िसके




काठमाडौं । धुर्मुस सुन्तली फाउनडेसनले बीचमा छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु हुने भएको छ । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर तत्काल काम सुरु गर्न लागिएको हो ।

चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र बनको थियो ।

 

मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा आएर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेर रंगशालाको काम अगाडि बढाउने सहमती गरेको प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जानकारी दिइन् ।

मोक्तानका अनुसार महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको हो । ‘७५ करोडको ७० प्रतिशत लागत प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले बेहोर्छ,’ मोक्तानले भनिन् ।

 

उनका अनुसार तिहार लगत्तै ठेक्का आह्वान हुने र ठेक्का पश्चात फिल्डको काम हुने गरी तयारी भएको छ ।