काठमाडौ । रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर १ डडुवा सुर्केका किरन राना मगर चार बर्षदेखी हस्पिटलमा उपचाररत रहेला छन् ।
कम्मरको गेडि खिइदै गएको र चल्नै नसक्ने भएपछि मगर हस्पिटलमा थलिएका हुन् । लामो समयको उपचारले पनि उनलाई निको नभएपछि अहिले सहयोगको लागि अपिल गरिएको छ । `भाइको उपचार गर्दागर्दै हामीसंग भएको पैसा सकिएको छ । अहिले डाक्टरले अपरेसन गर्नुपर्छ भनेका छन् ´ किरनका दाइ ध्रुब कुमार राना मगर भन्छन् -` हामी संग पैसा नै छैन । कसरी अपरेसन गर्नु ?´
उनले सकेको आर्थिक सहयोग गरेर भाइको उपचार गराइदिनको लागि सबैलाई अनुरोध गरेका छन् । किरनको हाल काठमाडौँ स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
सहयोगको लागि बिरामिको दाइको खाता नम्बर
Dhruba Kumar Rana
Global Ime Bank Manthali Branch
10707010056832