खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



`दोस्रो खानिखोला कप-२०८०´ हुँदै , वडा नम्बर ६ द्वारा खेलाडीलाई खेलकुद सामाग्री वितरण


 संवाददाता   November 6, 2023   355 जनाले पढ़िसके




 

 

 

 

 

काभ्रे । खानीखोला गाउँपालिका वडा नं ६ वडा कार्यालयले खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरेको छ ।

आइतबार आफ्नो वडाका खेलाडीहरुलाई जर्सी,बुट र फुटबल लगायत आवस्यक सामाग्री वितरण गरिएको वडाअध्यक्ष बृहस्पति घिसिङले जानकारी दिए ।

 

 

` दोस्रो खानीखोला कप: २०८०´ मा सहभागी हुने खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरिएको हो ।दोस्रो खानिखोला कप कार्तिक २२ गतेबाट सुरु हुँदैछ ।

 

खेलाडीहरुलाई थप उत्साह र खेलप्रति थप रुचि बढोस् भन्ने उदेश्यले वडाको तर्फबाट खेलाडीहरुलाई सकेको सामाग्री वितरण गरिएको वडाअध्यक्ष घिसिङले बताए ।