खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



६ बर्षका (अवतारी) टुल्कु साङ्गे दोर्जे योञ्जनद्वारा गद्दी आरोहण संगै वाङ्ग,अभिषेक प्रदान


 संवाददाता   November 6, 2023   1337 जनाले पढ़िसके




२० कार्तिक २०८०, सोमबार
पथरीशनिश्चरे – मोरंग जिल्लाको पथरीशनिश्चरे नगरपालिका वार्ड न १ मा बसोबास गर्नहुने बाजे बुद्दि प्रसाद योञ्जन तामाङ्ग बोजु मैया कुमारी गोले तामाङ्गका छोरा प्रकाश योञ्जन तामाङ्ग र माया घिशिंग तामाङ्गका कोखबाट २०७५ साल असार २९ गते शनिबारको दिन जन्मनु भएका बर्ष ६ का (अवतारी) टुल्कु साङ्गे दोर्जे योञ्जन ६ पुस्ता अगाडिका महान तान्त्रिक धर्मगुरु (लट्टे कालु लामा) डुब्छेन योञ्जनको निर्माणकायको रुपमा जन्म लिनु भयो।

६ बर्षका (अवतारी) टुल्कु साङ्गे दोर्जे योञ्जनलाई हिदाम लामा कोञ्छोग धर्मपाल माहांकाला लामा योञ्जन वंस परम्परा र संस्कार अनुसार वहा ३१ औ पुस्ता अवतारमा जन्म लिनु भएको समेत नेपाल तामाङ्ग लामा घेदुन तथा श्रद्देय धर्म गुरु पाल्देन योञ्जन लगायत अन्य धेरै धर्म गुरुहरुले स – गौरव सहित वहा टुल्कु भएको प्रमाणित गरि वहालाई (अवतारी) टुल्कु घोषणा गरेका हुन्।

सोहि अनुसार (अवतारी) टुल्कु साङ्गे दोर्जे योञ्जनलाई तथगत सम्यक सं-बुद्धको महान पुण्य तिथि ल्हाफाव दुईछेनको अवसरमा पथरीशनिश्चरे १० शिविर डाडामा रहेको ओंम स्यार जम्वुलिंग वज्र गुम्बाले आयोजना गरेको ३ दिने न्युने वर्त बिशेष कार्यक्रममा नेपाल तामाङ्ग लामा गेदुनका अधक्ष्य श्रद्देय धर्म गुरु पाल्देन योञ्जन गुरुबाट महायान बौद्ध धर्म र वंश परम्परा सस्कार अनुसार अवातारि टुल्कुलाई गद्दि आरोहण गराउनु भयो।

गद्दि आरोहण गरे पश्चात (अवतारी) टुल्कु साङ्गे दोर्जे योञ्जनले कार्यक्रममा उपस्थित हुनु भएका हजारौ भक्तजनहरुलाई बिशेष वाङ्ग, अभिषेक समेत प्रदान गर्नु भएको थियो।

ल्हाफाव दुईछेन न्युने वर्त कार्यक्रमलाई नेपाल तामाङ्ग लामा गेदुन र ओंम स्यार जम्वुलिंग वज्र गुम्बाले संयुक्त रुपमा आयोजना गरेको हो उक्त कार्यक्रम ओंम स्यार जम्वुलिंग वज्र गुम्बामा ३ दिन सम्म संचालन भएको थियो।