खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



चनखुमा भलिबल सम्पन्न,`दोस्रो वडाअध्यक्ष कप २०८०´ को उपाधी साविक वडा ५ लाई


 संवाददाता   October 26, 2023   620 जनाले पढ़िसके




रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा वडा दशै तथा शुभ दिपावलीको अवसरमा भएको साविक वडा स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत `दोस्रो वडाअध्यक्ष कप २०८०´ को उपाधि साविक वडा नम्बर ५(कालिदेवी युवा क्लब) ले  हात पारेको छ ।

 

विहिबार सम्पन्न भएको खेलमा साविक वडा ७ लाई हराउँदै उपाधी साविक वडा ५ ले उपाधी जितेको हो । त्यस्तै तृतीय र सान्त्वनामा क्रमशः वडा नम्बर ६ र ९ भएको छ ।
प्रथम ,द्वितीय,तृतीय हुनेलाई क्रमशः पैतिस हजार ,पच्चीस हजार ,पन्ध्र हजार , सात हजार पाँच सय र साथमा मेडल ,शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजक संस्थाको अध्यक्ष कुलमान तामाङले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि साविक ५ का टिम क्याप्टेन बिनोद थापाले पाएका थिए ।

 

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ,वडाअध्यक्ष गोपिलाल तामाङ लगायतका अन्य अतिथिहरुद्वारा पुरस्कार वितरण गरिएको थियो ।
ह्याङ्ला ह्युल सामुदायिक संस्थाको आयोजना र इन्द्रावती जनजागरण युवा समाजको सहकार्यमा खेल कार्तिक ८ र ९ गते दुई दिन सँचालन भएको थियो ।