काठमाडौँ । छ सानो ज्यान । उज्यालो मुहार । केही गर्न खोजिरहेको जस्तो । भर्खरको लक्का जवान ठिटो । उनै हुन् कलाकार जिरे । रामेछाप जिल्लाको खाँडादेवी गाउँपलिका स्थित पकरबासमा जन्मिएका सुकदेव ढुंगेल जिरे(सिमोन) लाई सानैदेखि कलाकार बन्न मन लाग्थ्यो ।
उनलाई हिजोआज सुकदेव भन्दा पनि जिरे भनेर धेरैले चिन्छन ।
दुई बर्ष अघि `घर त रामेछाप कान्छी, यो ज्यानलाई छाडेमा लाग्ला तिमिलाई पाप´ बोलको गीत गाएर कलाकारिता सुरु गरेका जिरे कलाकारितामा जम्न संघर्ष गरिरहेका छन् ।
जिरेले आफ्नै स्वरमा रंग र रसैमा,घर त रामेछाप र सानू तिम्रो अथाह माया बोलको लोक दोहोरी गीत बजारमा ल्याइसकेका छन् ।
टेलि सिरियल हली ,संघर्षमा समेत अभिनय गरिसकेका जिरेले हाल मेरी भाउजू टेलिसिरियलमा अभिनय गर्दै आइरहेका छन् । मेरी भाउजूमा अभिनय मात्रै गर्दैनन् जिरे । मेरी भाउजुमा क्यामेरा म्यान बनेर दृश्य कैद गर्नेदेखि लिएर सबै काम गरेर सिरियललाई राम्रो बनाउन लागि पर्छन् । मेरी भाउजूको भाग ४५ बाट जोडिएका जिरे अहिले ७९ भागसम्म आइपुग्दा सक्रिय रूपमा जोडि रहेका छन् । `अझै गीत निकाल्न मन छ । कलाकारितामा केही गर्न मन छ ।´ जिरे भन्छन् `म अहिले त सिरियलमा नै ध्यान दिन्छु । पछि बिस्तारै थप काम गर्दै जाने विचारमा छु ।´