खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने,सटहीका लागि क्यूआरको व्यवस्था गरिने


 संवाददाता   September 27, 2023   433 जनाले पढ़िसके




काठमाडौँ । दसैँ तिहारको लागि असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले रातोपाटीलाई जानकारी दिए ।

 

नोट सटहीका लागि क्यूआरको व्यवस्था गरिने

सर्वसाधारण सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले जानकारी दिए । सेवाग्राहीको भिडभाड र सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

यस्तो क्यूआर सुविधा राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा उपलब्ध हुनेछ । तर, अन्य बैंक तथा वित्तीय संस्थाहरूले भने आफू अनुकूल सटहीको सुविधा लिन सक्ने उनले बताए । यसअघि नगद सटहीमा यस्तो सुविधाको व्यवस्था गरिएको थिएन ।