खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशकबीच भेट,के भयो कुराकानी?


 संवाददाता   September 22, 2023   234 जनाले पढ़िसके




५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र राष्ट्रसंघ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र टेड्रोसबीच शुक्रबार भेट भएको हो ।

 

भेटका क्रममा नेपाल र डब्लूएचओबीच हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।