खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का: रेनु दाहाल


 संवाददाता   September 15, 2023   333 जनाले पढ़िसके




चितवन। प्रधानमनत्री पुष्प कमल दाहाल(प्रचण्ड) को पुत्री समेत रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का भएको बताएकी छन्। आज भरतपुर महानगरपालिकाले नारायणी नदी किनार गरेको वृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुङ्गो लगाउन धेरै समय लागेको उल्लेख गरिन्।

प्रमुख दाहालले गत आर्थिक वर्ष ०७९ र ०८० मा महानगरपालिकामा ऋण तिर्नका लागि रु १२ करोड आएको भएपनि समय अभावले ऋणीलाई दिन नसक्ने अवस्था सिर्जना भएको जानकारी दिइन्। ‘रंगशाला हामै पालामा बन्छ, उनले भनिन्,‘हामी बनाउछौ। रंगशाला निर्माण गर्ने महानगरको प्रमुख ऐजेण्डा पनि हो। अहिले स्टीमेटको काम भईरहेको छ।’

रंगशालामा स्टीमेट तयारका लागि धमाधम सरसफाईको काम पनि भइहेको छ। स्टीमेट तयार गरेपछि यही आर्थिक वर्षमा बाँकी काम अगाडि बढ्ने छ। मेयरले केही महिनाअघि रंगशाला बन्छ, ढुक्क हुनु होस् भन्नुभएको थियो, तर के हुँदैछ भनेर खबरदारी र चासो चिन्ता व्यक्त गरेको सन्देश आफुले पाएको उनले बताइन्। प्रमुख दाहालले एक दुई दिनमा बस्ने मन्त्रिपरिषदको बैठकको निर्णयले रु १२ करोड ऋण तिर्नको लागि महानगरपालिकामा पठाउने जानकारी दिइन्।

महानगरपालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी ऋण तिर्नुपर्ने व्यक्तिको पहिचान र भरपाई तथा भुक्तानी हुने उनले बताइन्। रंगशाला निर्माण गर्न वागमती प्रदेश र भरतपुर महानगरले चरणवद्ध रुपमा अगाडि बढाउने र प्याराफिट निर्माण गरी अन्तर्राष्ट्रिय खेलकुदहरु सञ्चालन गरिने प्रमुख दाहालको भनाई थियो।