खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



अनेरास्ववियु रामेछापको अध्यक्षमा हिमाल बोहोराले गरे उम्मेदवारी दिने तयारी


 संवाददाता   September 14, 2023   2160 जनाले पढ़िसके




रामेछाप । नेकपा एमालेको भातृ विद्यार्थी संगठन अनेरास्ववियु रामेछापको १३ औं अधिवेशनको सरगर्मी मन्थलीमा बढिरहेको छ । अनेरास्ववियुले अधिवेशनकै तयारी गर्दै दुई महिना अघिदेखि ६४ वटै वडामा रहेका विभिन्न विद्यालयमा पुगेर संगठन विस्तार गरिसकेको छ ।

भदौ २९ र ३० गते अनेरास्ववियु रामेछापले १३ औं जिल्ला अधिवेशन तथा प्रथम अखिल महोत्सवको रूपमा आयोजना गर्दैछ ।

यसैबीच मन्थली नगरपालिका १० चनखुमा जन्मेका अनेरास्ववियु रामेछापको चर्चित विद्यार्थी नेता हिमाल बोहोराले अध्यक्ष पदको लागि आफ्नो नाम अघि सारेका छन् ।
२०६६ साल देखि प्रारम्भिक कमिटीको जिम्मेवारी सम्हाल्दै अनेरास्ववियुको राजनीति सुरु गरेका बोहोराले झन्डै डेढ दशक समय अनेरास्ववियुको लागि दिइसकेका छन् । `सानै उमेरमा सुरु गरेको अनेरास्ववियुको यात्रा आजसम्म आइपुग्दा १४ बर्ष भन्दा बढी भएछ । ´बोहोरा भन्छन् -`स्कुल कमिटी देखि जिल्ला कमिटीको धेरै ठाउँमा बसेर संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्दै आएको छु । त्यसैले अब जिल्ला अध्यक्षको भुमिकामा रहेर अनेरास्ववियु रामेछापलाई थप मजबुत बनाउने इच्छा छ ।´

अनेरास्ववियुमा सुरुदेखि नै सक्रिय रूपमा संगठन निर्माण र विद्यार्थी हकहितका निम्ति अग्रणी भुमिका खेल्दै आइरहेका बोहोरा २०६८ सालमा इलाका कमिटी सदस्यको रूपमा रहेका थिए । त्यस्तै २०६९ सालमा क्षेत्रीय कमिटी सदस्य हुँदै १२ औं जिल्ला अधिवेसनमा बोहोरा जिल्ला कमिटी सदस्य बनेका थिए । यस्तै नेकपा एमाले र माओवादी केन्द्र बिच एकता हुँदा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य र मन्थली नगर इन्चार्ज समेत बनेर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् ।

हाल जिल्ला कमिटी सदस्य सह संयोजक रहेका बोहोरा जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । विद्यार्थीहरु माझ लोकप्रिय बोहोराले अध्यक्ष पदमा उम्मेदवार दिने तयारीलाई नेताकार्यकर्ताले स्वभाविक रूपमा लिएका छन् । उनी निकट एक विद्यार्थीका अनुसार यो पटक बोहोराको लागि राम्रै अवसर रहेकोे छ ।

बोहोरा संगै जिल्ला अध्यक्षमा पुष्कर भट्टराई र मदन खड्का लगायतका विद्यार्थी नेताहरुको पनि दावी रहेकोे छ ।