खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



टिचिङ अस्पतालले माग्यो ५० जना स्टाफ नर्स


 संवाददाता   September 8, 2023   224 जनाले पढ़िसके




काठमाडौँ । त्रिवि शिक्षण अस्पताल टिचिङले करारमा स्टाफ नर्सहरू माग गरेको छ ।

आज एक सूचना जारी गर्दै अस्पतालले करारमा नियुक्ति गर्न ५० जना स्टाफ नर्स माग गरेको हो ।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिला र ४० वर्ष ननाघेको पुरुषले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

इच्छुकले आवेदन आजदेखि असोज ५ गतेसम्म दिन सकिनेछ ।

परीक्षा असोज १३ गते हुनेछ भने परीक्षाको समय र परीक्षा केन्द्र भने अर्को सूचना प्रकाशन गरी जानकारी दिइने अस्पतालले जनाएको छ ।

nurse