खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



भारत र पाकिस्तान सँग फिल्ड शेयर गर्न पाउँदा खुशी लाग्यो : सोमपाल कामी


 संवाददाता   September 7, 2023   189 जनाले पढ़िसके




२१ भाद्र २०८०, बिहिबार
काठमाडौं । इन्स्पायर नोबल फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

एशिया कप–२०२३ अन्तर्गत भारतबिरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्नेलाई प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतबिरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो ।

भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गर्नुभएको थियो । कुशल र सोमपाललाई फाउण्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो ।

फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउण्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताउँदै फाउण्डेसनलाई दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले राम्रो अनुभव बटुल्न पाएको बताए । पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको बताए । पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेको बताए । अर्को पटक खेल्दा राम्रो नतिजा दिने बताउनुभयो ।

त्यस्तै, अर्का क्रिकेटर कुशल भुर्तेलले एशियाकप खेल्नु भन्दा पनि एशिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताए । भारतलाई टिभीमा हेरेर आफूहरुले क्रिकेट सिकेको बताउँदै आफू भारतसँग खेल्न आतुर रहेको बताए । उनले पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको बताए । उनले एशिया कपको अनुभवले आगमी खेलमा राम्रो गर्ने बताउनुभयो ।