खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विश्वको सबैभन्दा गोलो पोखरी भेटियो


 संवाददाता   June 5, 2023   564 जनाले पढ़िसके




एजेन्सी

 

पोखरी विभिन्न आकार र प्रकारका हुन्छन् । तर गोलो पोखरी तपाईंले सायदै देख्नुभएको होला । फ्लोरिडाको सिल्भर डलर लेक भनिने किङ्ग्सले लेक यति गोलो छ कि झट्ट हेर्दा यसलाई विश्वास नै गर्न सकिँदैन ।Kingsley-Lake-round2

किङ्ग्सले लेक फ्लोरिडाको क्ले काउन्टीको निकै चर्चित समर डेस्टिनेसन हो । तर यहाँका निकै कम मानिसलाई यो पोखरी किन यति चर्चित भयो भनेर थाहा छ । यसको एउटा कारण यो हो कि यसको गोलो आकृति तपाईंले माथिबाट मात्रै देख्न सक्नुहुन्छ त्यसैले यसको सिल्भर लेक उपनाम पाइलटले दिएका हुन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने यो पोखरी मानव निर्मित होइन । यो प्राकृतिक रूपमा बनेको पोखरी हो ।

Kingsley-Lake-round3

यो पोखरी ९० फिट गहिरो छ जसका कारण यो फ्लोरिडाको सबैभन्दा गहिरो ताल हो । ओन्ली इन योर स्टेटका अनुसार यो प्राकृतिक ताललाई फ्लोरिडाको सबैभन्दा र अग्लो तालसमेत भनिन्छ ।