खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



‘अहिलेको सरकारको सुन्दरता नै सुदन किराँती र नारायणकाजी श्रेष्ठ ‘


 संवाददाता   June 2, 2023   870 जनाले पढ़िसके




 

‘सुदन किराँतीलाई एक कार्यकाल ढिलो मंत्री बनाइयो
अहिलेको कामको रफ्तार हेर्दा सुदन किराँतीले प्रत्यक्ष प्रधानमन्त्री
हुने हो भने पनि जित्नु हुन्छ
अहिलेको सरकारको सुन्दरता नै सुदन किराँती र नारायणकाजी श्रेष्ठ हुन
मंत्री किराँती जनजाति बाट गणतन्त्रमा पहिलो प्रधानमन्त्री बन्ने सम्भावना छ’

अहिले देश नक्कली भुटानी शरणार्थी प्रकरणले तातिरहेको अवस्था छ । देश एकातिर आर्थिक चापमा परिरहेको छ भने अर्को तिर सम्भावनाको क्षितिज समेत देखा परेको छ । यस्तै भिडभाडमा अहिलेको परिस्थितिलाइ नजिक बाट नियाली रहेका युवा विश्लेषक हिरा सेती संग वर्तमान अवस्थाका विभिन्न विषयमा कुराकानी गरिएको छ । हिरा सेती बुद्धिस्ट अध्येता तथा विचार लेखक समेत हुन । प्रस्तुत छ उनै हिरा सेती संग गरिएको कुराकानी :

प्रश्न १. नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसरी हेरिरहनु भएको छ ?
→ यो एउटा अप्रत्यासित घटना थियो । यसलाई सबैले जस्तो उत्सुकताका साथ हेरेको छु । स्वभावैले यो कसरी टुंगिएला भन्ने चासो पनि रहेको छ । प्रचण्ड सरकारले जसरी यो निडरका साथ अगाडी बढायो त्यो प्रशंसायोग्य छ । कानुनको फर्म्यालीटीमा छिरिसकेकोले यो अब धेरै भन्दा धेरैलाई दोषी करार गरेरै टुंगिएला । नेताहरु मिलेर खान्छन भन्ने कथ्यलाइ माओवादी सरकारको यस कदमले गलत सावित गरिदिएको छ। यसले एक प्रकारको आमजनतामा रहेको राजनीतिक निराशालाई कम गरेको छ ।

प्रश्न २. समग्रमा प्रचण्ड नेतृत्वको सरकारलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?
→ तुलनात्मक रुपमा भन्दा प्रचण्ड सरकार यसपाली अलि सिरियस भएर लागेको देखिन्छ । कताकति प्रचण्ड आफुलाई यो नै अन्तिम इनिंङस हो जस्तो लागेकोले पनि होला उहाँ अलि जेन्टल र फंकसनिंग अर्थात कार्यकारी भएर लाग्न खोजेको देखिन्छ । प्रधानमन्त्री स्वयम् चाहि उद्घाटन , रिबन काट्ने काममा नगए हुन्थ्यो भन्ने मेरो सुझाव छ । तर अर्थतन्त्रको दबाबले होला सरकार दबाबमा पनि छ । अर्थतन्त्र अचानक बिग्रिने कुरा होइन । यो प्रणाली बन्न पनि लामो समय लाग्छ र बिग्रीन पनि लामो समय लाग्छ । स्रोतको अभावका बाबजुद पनि सरकारले जनमुखी काम गर्न खोजेको देखिन्छ ।

प्रश्न ३. तर बाहिर त केहि नभए जस्तो देखिन्छ त ?
→ त्यो त माओबादी निकट मिडिया कम छन् । माओबादीको मिडिया मेकानिज्म सधै कमजोर नै हो । मुलधारको मिडियामा पनि माओबादी रुझानको सम्पादक पत्रकार कम छन् । आफ्नो राम्रो कामको प्रचार गर्न माओवादी सधै असफल नै छ । यस्तो बिचमा पनि माननीय सुदन किराँतीले राम्रो काम गर्नु भएको छ र उहाँको प्रचार पनि आफ से आफ भएको छ । राम्रो काम गर्न खोज्नेको मिडियाले प्रचार गर्छ र जनताले पत्याउँछन् पनि ।

प्रश्न ४. तपाईले मंत्री सुदन किराँतीको नाम लिईहाल्नु भो , पछिल्लो समय उहाँको चर्चा सुनिन्छ ? उहाँलाई कसरी हेर्नु
हुन्छ ?
→ पर्यटन , नागरिक उड्डयन तथा संस्कृति मंत्री सुदन किराँती एकदम परिपक्क तरिकाले , दिर्घकालिन योजना लिएर लागेको देखिन्छ । प्रचण्ड सरकारको आधाउधि चर्चा त सुदन किराँतीकै कारणले भएको देखिन्छ । माननीय किराँतीले खासगरी शुद्धिकरणमा जोड दिएको देखिन्छ । त्यो नै आवस्यक थियो । प्रणालीमा शुद्धिकरण नै दिर्घकालिन कदम हो ।
स्वभावैले अर्थतन्त्रको दबाब उहाँलाई पनि पर्ला तर उहाँ रिजल्ट देखाउने नेता हो , उहाँको कार्यकालमा रिजल्टहरु देखिनेछन । प्राय जसो मंत्रीहरु एक दिन अनुगमनमा जाने निर्देशन दिने अनि कार्यकाल भरी नजाने हुन्थ्यो भने उहाँ एक पटक होइन दुइपटक होइन तिन चार पटक सम्म निर्देशन दिएको ठाउँमा गएर अनुगमन गर्ने गर्नु भएको छ ।
प्रश्न ५. अर्थात सुदन किराँती सफल मंत्री हो ?
→ अहिले नै मुल्यांकन गर्दा अलि हतार होला तर संकेतहरु त बिलकुल सकारात्मक छन् । तपाईलाई थाहा छ कि छैन उहाँ एकै पटक तिनवटा मन्त्रालय सम्हाली रहनु भएको छ पर्यटन मन्त्रालय , नागरिक उड्डयन मन्त्रालय र संस्कृति मन्त्रालय । प्राय यो मन्त्रालय प्रधानमन्त्रीले एक पटक मंत्री भएकोलाई दिने चलन थियो , तर सुदन किराँती त पहिलो पटक सोझै उक्त महत्वपुर्ण मन्त्रालयको जिम्मेवारीमा पुग्नु भो , यसको अर्थ प्रचण्डले एकदमै विश्वास गरेको भन्ने अर्थ लाग्छ । यदि यस्तै हुने हो भने सुदन किराँतीले उस्तै परे प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री पनि जित्न बेर छैन , अहिलेको कामको रफ्तार हेर्ने हो भने उहाँ सम्भवत जनजाती बाट दोश्रो प्रधानमन्त्री बन्ने जस्तो पो देखिन्छ त । सुदन किराँतीलाई एक कार्यकाल ढिलो मंत्री बनाइयो र पो ।
प्रश्न ६. यस सरकारलाई तपाईको केके सुझाव छन् ?
→ मुख्यत सरकार मात्रै नभई निजि क्षेत्र र आमजनता नै अर्थतन्त्रको दबाबमा छन । अहिले मान्छेको अनुहारमा हासों नै देखिन छोडीसकेको छ । स्वास्थ , सेना , शिक्षा , निजामतीमा तलबहरु ३-४ महिनादेखि नआइरहेको सुनिएको छ । सरकारले विकासको नयाँ योजनाहरु ल्याउन नसक्ने पनि भनिएको छ , यस्तो अवस्थामा पैसा खर्च नहुने शुद्धिकरणका कामहरु नै गर्ने हो । अर्थतन्त्र सुधार्न विज्ञहरुको टोलि खटाउनु पर्छ , भएको स्रोतलाई उच्चतम प्रयोग गर्ने विधि पनि एउटा
हुन सक्छ ।
( लेखक हिरा सेती बुद्धिस्ट अध्येता हुन )