खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



मनाइयो २५६७ औँ बुद्ध जयन्ती (तस्विरहरु)


 संवाददाता   May 5, 2023   265 जनाले पढ़िसके




२२ बैशाख २०८०, शुक्रबार

काठमान्डौ/ आज शान्तिका अग्रदुत भगवान बुद्धको २५६७औँ जन्म जयन्ती नेपालभर धुमधाम संगले मनाएका छन् भने रामेछापको मन्थली नगरपालिका-१०,चनखुममा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले २५६७औँ बुद्ध जयन्ती मनाइएको छ । संस्थाले आज एक कार्यक्रम गरेर २५६७औँ बुद्ध जयन्ती मनाइएको हो ।

शान्तिका अग्रदूत सिद्धार्थ गौतम विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी २५६७औँ जयन्ती मनाइएको संस्थाका सचिव रमेश योन्ञ्जनले जानकारी दिए । संस्थाले बुद्ध जयन्तीको अवसरमा शान्तिपूर्ण र्याली समेत गरिएको सचिवले रमेशले बताएका छन् ।
बुद्ध जयन्ती हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिन्छ ।