“जननी जन्मभुमी स्वर्गादपी गरियसी “
परिवर्तनको नाममा सिंगो राष्ट्र खोक्रो एवम समाप्त हुन लागिरहेको हुदा सम्म हेरेर र सहेर बस्ने युवालाई धिक्कार्ने छ यो रास्ट्रले त्यसैले “उठ युवा जाग युवा”
भन्न त हामी गर्बका साथ भन्छौ । हामी एसियाका तारा शान्तिका दुत सिद्धार्थ गौतम बुद्ध जन्मेको रास्ट्र, विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको राष्ट्र वीर गोर्खाली एवम् कसैसामु झुक्न नजानी शाहासी रास्ट्र तर यी कुरा इतिहासमै मात्रै सिमित हुने भइरहेको कार्यलाई त्यागेर राज्यको स्वाधिनता,राष्ट्रियता र राज्यलाई समृद्धि र विकसित बनाउन अग्रसर हुनुपर्छ युवा ।
परिवर्तनका नाममा भएका सन्धि एवम क्रियाकलापहरु :-
* कोशी र गन्डक सन्धी
*महाकाली सन्धी
* उद्योगधन्दा निजीकरण
* २०४६ सालको जनआन्दोलन
* २०६२/६३ आन्दोलन
* एम सि सि सम्झौता
परिवर्तनका नाममा राष्ट्रियता , जलस्रोत, बनस्पति,उद्योगधन्दा ,जडिबुटी ,देशको भुभाग बेचिय परिवर्तनका नाम धेरैले ज्यान गुमाए ,अशक्त भए ,कति बिधुवा भए कति टुहुरा भए यसरी अब हुन्न उठ युवा हो जाग युवा हो अब हामिले पढ्नु पर्छ २००७ सालको आन्दोलन अब हामिले नियाल्नु पर्छ २०४५ सालको जनआन्दोलन अब हामिले सोध्नु पर्छ २०६२/६३ को आन्दोलन अब हामिले सफाई माग्नु पर्छ परिवर्तनका निम्ति रहेका संघसंगठनहरु ।
ए कांग्रेस ! म सोध्न चाहान्छु खोइ त बि.पि , गिरिजा र शुसिलका सपनाहरू ?,ए! एमाले ! खोइ त पुस्पलाल , मनमोहन ,मदनआश्रितका सपना र सिद्धांतहरु ?, ए माओबादी! खोइ त ती जनताका रगत र पसिनाका कदरहरु ?
जहाँ अपराधीलाई सजाय र पीडितलाई न्यायको निम्ति धन ,सम्पती , नाता र भूगोलबादले काम गर्दछ । जहाँ रोजगार निम्ति आफ्नो ज्यान धितोमा राखेर बिदेसिनु परेको छ । यहाँ आफ्नो राष्ट्र संचालक गर्ने नीति नियन बनाउदा पनि बिदेसिको सामु झुक्नु पर्ने बाध्यता रहेको छ खोइ त लोकतन्त्र र गणतन्त्र के यहि होत परिवर्तन?
* “आजको युवा ३० बर्ष पछि भइन्छ वृद्ध ”
* “परिवर्तन नाममा देखाईयो आशा सदैब भइरहियको छ निराशा ”
* “अपराधीलाई सजाय र पीडितलाई न्यायका निम्ति संघर्ष गर युवा ”
* “सिर्जना गर्नुपर्छ रोजगार ,अन्त्य गर्नुपर्छ युबा हो अब बेरोजगार”