काभ्रे । नेपाली काँग्रेस काभ्रे जिल्ला कार्यसमितिको आयोजनामा `जनताको साथमा काँग्रेस´ अभियान कार्यक्रम शुभारम्भ भएको छ ।
आज बनेपा स्थित बनेपा पार्टी भेन्युमा काभ्रेको लागि केन्द्रबाट खटिएकी काँग्रेसको केन्द्रिय सदस्य रमा कोइरालाको प्रमुख आतिथ्यमा आज कार्यक्रम शुभारम्भ भएको हो ।
प्रमुख अतिथिको रूपमा उपस्थित कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभक्को निर्वाचनमा काँग्रेसले अन्य दलसंग गठबन्धन गर्नुको औचित्यबारे प्रष्ट पारेका थिए । `गठबन्धन केपी ओलीको असंवैधानिक कदमको कारण जोडिएको हो । गठबन्धनकै कारण हाम्रो पार्टीको सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनुभएको हो । तसर्थ अहिलेको गठबन्धन रहर होइन लाखौं सहिदहरुको त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षा र देश विकासको निम्ति हो ´-उनले भने ।
त्यस्तै कार्यक्रमको सभापतितब ग्रहण गरिरहेका जिल्ला सभापति तिर्थ लामाले कार्यक्रममा उपस्थितिलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै अब चुनावमा एकढिक्का भएर सबैजना लाग्नुपर्ने बताए । उनले टिकट एउटा व्यक्तिले भन्दा पनि काँग्रेसको सक्रिय र नेतृत्व गर्न सक्ने व्यक्तिले पाउने भएको कारण जसले टिकट पाए पनि जिताउन एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विषेश अतिथिको रूपमा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आर्चाय , गणेश लामा बाग्मति प्रदेशका महामंत्री कन्चन बादे लगायतका जिल्लामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु ,प्रदेश र क्षेत्रीय प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अथितिको रूपमा महासमिति सदस्य शार्किमान बल,प्रतिनिधि सभा सभापति तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा ,प्रदेश सभापति क्षेत्र नं १ (क) का सभापति राम योन्जन,ख का सभापति चन्द्र लामा,प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति तथा पाँचखाल नगरका मेयर महेश खरेल,नमोबुद नगरका मेयर कुन्सांक लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्र लामा, भुम्लु गाउँपालिकाको उपाध्यक्ष तथा भुम्लुका सभापति दावा लामा, महाभारत गाउँपालिकाको उपाध्यक्ष तथा सभापति सागर मोक्तान, खानीखोला गाउँपालिकाको सभापति तथा उपाध्यक्ष दोर्जेमान जिम्बा,विभिन्न वडाका वडा सभापतिहरु जनप्रतिनिघिहरु, नेपाली कांग्रेसका युवा नेताहरुहरु तथा बिभिन्न भातृ संघ संस्थाका सभापतिहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो ।