पुष्प लुइटेल
सामान्य रुपमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तन नै विकास हो । विकास भनेको भौतिक संरचना निमार्ण गर्नु भन्ने हाम्रो बुझाइ छ। यो बुझाईले मात्र विकास पुर्ण बनाउन सक्दैन । बाटो, पुल, बिजुली , बिद्यालय ,संरचना बनाउदैमा पुग्दैन। मानिसहरुलाई सीप, ज्ञान आदिले सुसज्जित पार्नुपर्दछ । प्राकृतिक स्रोतसाधन संरक्षण पनि विकास हो भन्ने हामीले बुझ्न् जरुरी छ । विकास गर्नका लागि , शिक्षाले मानिसलाई श्रमप्रती सम्मान भाव राख्न सिकाउनुपर्दछ । आज जति पनि समाज , मुलुक , ब्याक्तीहरु माथी उठेका छन् ती सबैको मुख्य कारण श्रम हो । श्रम नगरी कोहि माथी उठदैन् , मानिसलाई सुन्दरता मनपर्छ ,सुन्दर चिज श्रमबाट नै प्राप्त हुन्छ । हामी विकास गर्ने कुरा गर्छौ , तर विकास कसरी हुन्छ भन्ने मार्ग नै पहिल्याउन सकेका छैनौ । हामी अलमलमा छौ , विकास कोहि कसैले गरिदिने कुरा होइन, जनताको आफ्नो आवश्यकता र पहलकदमीबाट हुने विकास नै साँचो विकास हो। भाषण गरेर विकास हुन्न शिक्षा र योजनाको माध्यमले विकास गर्न सकिन्छ । यसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छ । यसैको सग्लो रूप नै विकास हो । नेपाल जस्तो देशलाई यसरी समृद्ध र विकसित बनाउन सकिन्छ ।
१ . आर्थिक बिकास
आर्थिक विकासलाई निम्न मात्रात्मक सूचकहरू वाट मापन गर्न सकिन्छ ।
प्रतिव्यक्ति आयमा वृद्धि
कूल राष्ट्रिय आयमा वृद्धि
उत्पादन क्षमतामा वृद्धि
उद्योगको स्थापना
पूंजीको प्रवाह
मेसिन, प्रविधि र औजारमा विविधीकरण
पूर्वाधारको विकास
प्राकृतिक श्रोत र साधनको समुचित परिचालन
आर्थिक वृद्धि
सहरीकरण
आम्दानी र सम्पत्तिको समान वितरण
२. सामाजिक बिकास
सामाजिक विकासलाई निम्न गुणात्मक सूचकहरूबाट मापन गर्न सकिन्छ।
शिक्षा, स्वास्थ्य र पोषण
आत्मनिर्भरता
राजनैतिक स्वतन्त्रता, स्व निर्णयको अधिकार
राजनैतिक स्थिरता, शान्ति र सुरक्षा
रोजगारीको अवसर
आर्थिक,न्यायिक समानता र मानव अधिकार
सुशासन
सामाजिक सद्भाव
३. संस्थागत विकास
गणतान्त्रिक र प्रजातान्त्रिक शासन प्रणाली र सो अनुरूप विभिन्न राजनैतिक र शासकीय संरचनाहरूको विकास, यस्ता संस्थाहरू विधि सम्मत रूपमा चल्नको लागि आवश्यक कानुनी संरचनाहरूको विकास संस्थागत विकास अन्तर्गत पर्दछन् । यसै अवधारणा अनुरूप निजी क्षेत्र, नागरिक समाज, सहकारी क्षेत्र जस्ता सस्थाहरुको शासकीय प्रक्रियामा सहयोगी र साझेदारिता रहने गरी आवश्यकीय संस्थागत संयन्त्रहरू विकास गरिएमा पनि देशले काचुली फेर्ने छ ।
४. राजनीतिक विकास
गणतान्त्रिक , प्रजातान्त्रिक राजनैतिक तथा शासकीय प्रणाली, आवधिक स्वतन्त्र र निष्पक्ष निर्वाचन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार , शक्ति पृथकीकरण र सन्तुलन जस्ता विषयहरू राजनैतिक विकास अन्तर्गत पर्दछन् । राजनैतिक परिपाटीमा स्वस्थ प्रतिस्पर्धा, निश्पक्ष निर्वाचनद्वारा जन अभिमतको कदर, सहिष्णु राजनैतिक प्रणाली जस्ता विषयहरू राजनीतिक विकास अन्तर्गत पर्दछन् । राजनैतिक प्रणाली, राजनैतिक स्थिरता र सरकारको स्थिरतालाई समग्र विकास प्रक्रियाको आवश्यकीय शर्तको रूपमा लिने हो देशमा आमूल परिवर्तन आउने र देश समृद्ध र विकास तिर लम्किन्छ ।