युवाको परिभाषा व्यक्ति अनि राष्ट्रपिच्छे फरक-फरक छन् । युवालाई उमेर समूहको आधारमा मात्र परिभाषित गर्ने प्रचलन हाम्रोमा छ । नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ। युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा आफूलाई अब्बल सावित गर्न संघर्षरत हुन्छ । युवा अवस्था मानव जीवनकै सर्वाधिक ऊर्जाशील समय हो । परिवारको प्रत्यक्ष निगरानीबाट मुक्त हुँदै आफ्नो क्षमतामाथि विश्वास गर्न थालेको हुन्छ । त्यसैले युवा अवस्था निर्णायक उमेर हो, जुन अवस्थाले विगत र भविष्यलाई जोड्छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ । काँग्रेस सभापति समेत रहेका शेर बहादुर देउवा नेतृत्वको सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरिसकेका छन् भने निर्वाचन आयोग यतिबेला तिव्र तयारीमा लागिसकेका छन् । निर्वाचन सर्ने हल्ला बाहिर गरेपनि लगभग अब नसर्ने पक्कापक्की भइसकेको छ । यतिबेला हरेक राजनीतिक दलहरु निर्वाचन केन्द्रीत कार्यक्रमहरु लिएर गाउँ-गाउँमा पुगिसकेका छन् भने वडाअध्यक्ष,गाउँपालिका अध्यक्ष र मेयरको लागि सबैले आफ्नो पार्टीसंग टिकट मागिरहेका छन् । चुनाव अघि भोट माग्न लुरुक्क परेर आउने र चुनाव जितेपछि मै हुँ राजा भन्ने तरिकाले बस्ने धेरै जनप्रतिनिधिहरु यसअघि देखा परिसकेको कारण यसपटक पार्टिभन्दा माथि उठेर स्थानीय तहको निर्वाचानमा जनप्रतिनिधि चुन्ने युवाहरुबिचमा बहस चलिरहेको छ । यसैबीच प्रदर्शनीमार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर)मा अध्ययनरत विद्यार्थी पुष्प लुइटेलले स्थानीय निर्वाचनमा विजयी हासिल गर्ने जनप्रतिनिधरुलाई युवाहरु पनि समेट्न अनुरोध साथै १२ बुँदामा सुझाव दिएका छन् ।
यी हुन् पुष्प लुइटेलले जनप्रतिनिधिलाई युवा समेट्न दिइएको १२ सुझाव :-
१. वडा विशेष युवा स्वरोजगार कार्यक्रम संचालक गर्ने ,प्रत्येक बर्ष ३ जना पुरुष र ३ जना महिलालाई व्यवसायमुलक कार्यका लागि वडाले सहजिकरण गराउने
२. वडा बजेट बाँडफाँड गर्दा सम्पुर्ण भूगोलको युवाहरूलाई सहभागी गराउने
३.खेलकुद विकासमा जोड दिई हरेक ६/६ महिनामा प्रतिस्पर्धा कार्यक्रम राख्ने,
४. रोजगारको अवसर एवं तालिमको ब्यवस्था गरि उद्योग र बजारको ब्यवस्थापन गराउने
५. स्थानिय क्षेत्रको मौसम ,भुमी र वातावरण अनुसारको कृषि एबम पशु्पालनको लागि अनुदान तथा बजार व्यवस्थापन गराउने
६. बालबालिकालाई स्थानिय संस्कृति ,चालचलन र रितिरिवाजमा प्रोत्साहन गराउने
७. बिद्यालयमा तथा क्याम्पसहरुमा अनिवार्य अङ्ग्रेजी भाषा ,कम्प्युटर शिक्षा र आधुनिक उपकरणको व्यवस्था गर्ने
८. स्थानिय बिकासका लागि निर्मित संस्थामा युवाको पहुँच गराउने
९. दिगो विकासलाई जोड दिने
१० . स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सम्पुर्ण सामाग्री र प्रत्येक वडामा स्वास्थ चौकी र गाउँपालिकामा अस्पतालको माग
११.नया नेतृत्वमा कम्तीमा एक युवालाई स्थान
१२. वार्षिक कार्ययोजना र वार्षिक प्रतिवेदन तयार गर्दा युवाको सहभागीता गराउने