खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



कसरी हुन्छ ? देश विकास !


 संवाददाता   March 1, 2022   1280 जनाले पढ़िसके




 

जताततै अशान्तिले गाँजिएको मेरो देशमा
अन्याय र अत्याचारले भाँसिएको मेरो देशमा
देश विकास गर्छु भन्ने
कति आए , कति गए
कमिशनजति आफ्नै खल्तीमा परेपछि
कसरी हुन्छ? देश विकास

भनाईमा सिमित राख्ने र बोलीमा बिक्नेहरु धेरै देखे
त्यसैले त आमजनताहरुले दु:ख पाई रुवाबासी गरेको भेटे
नेताहरु नोटमा बिकेपछि
जनताहरु मासुको साप्रा र तिनपानेमा रमाएपछि
कसरी हुन्छ ? देश विकास

पढेलेखेका युवाहरु खाडीमा गएपछि
घरैबसी वृद्धाभत्ता खानेहरुले देश चलाएपछि
नेताजति अमेरिकाको कुरा सुन्ने
जनताजति नेतालाई ढुङ्गा हान्दै लफडामा
परेपछि कसरी हुन्छ? देश विकास

देश विकास गर्ने नाममा विनाश गर्दै गएपछि
देशलाई अमेरिकाको भरमा राखि
नेताले नै पैँसाको बिटो समाएपछि
देशै नरहने अवस्थामा कसरी हुन्छ ?
देश विकास!!!