केहि वर्षदेखि नेपालमात्र अमेरिकी अनुदान सहयोग(एमसिसी) को चर्चा भइरहेको छ । एमसिसीको पक्ष र विपक्षमा उत्तिकै जनमतहरु देखा परिरहेको छ । काङ्ग्रेस सभापति समेत रहेका शेर बहादुर देउवा नेतृत्वको सरकारले फागुन ८ गते संसदमा एमसिसिलाई टेबल गरिसकेको छ भने सम्भव:त आज पास गर्ने योजना प्रधानमन्त्री देउवाको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा पास गर्नुहुन्न भन्ने पक्षमा छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारमा हुँदा पास गर्ने पक्षमा थियो भने अहिले मौन छ ।
खासमा एमसिसी भनेको के हो ? बुझौँ…
एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशीबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठूलो दु:खको सामाना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ । एमसीसीका नाममा नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकमलाई विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाएर नेपाललाई समृद्धतर्फ धकेल्न सकिने प्रशस्त सम्भावना छ । यसरी नै विदेशीले सहयोग गर्ने तर सहि ठाउँमा सदुपयोग नगर्ने हो भने यस्तो सहयोग नलिदा उपयुक्त हुनेछ । अहिले एमसीसीबारे चर्को विवाद गर्दै सामाजिक सञ्जाल लगायत मेडियामा चर्को बहस ,आन्दोलन सिर्जना हुँदा केहि नबुझि । एमसिसि टेबुल गर्नु एउटा रास्ट्रघाती कदम हो । उक्त रकम नेपालमा कुन परियोजनामा खर्च गर्ने भन्ने विषय नेपालीले नै निर्णय गरेर यो रकमलाई नेपालीको हितमा प्रयोग गर्न सकिने भन्ने कुरा प्रष्ट पारेर कदम चाल्नुपर्ने छ। सामान्य कुरा नबुझ्ने हाम्रा नेतृत्वले देशको कायापलट नगर्ने रैछ्न भन्ने निश्चित भएको छ । ५० करोड अमेरिकी डलर अनुदानको विषयलाई लिएर यसको विषयमा थप गहन अध्ययन, अनुसन्धान गरेर यथार्थ के हो भन्ने विषयमा नेपाल सरकार प्रष्ट हुन जरुरी छ । नेपालको सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै सम्झौता भने गर्नुहुदैन ।