मलाई उनीसंगै प्रेम दिवस मनाउने मन छ
रातो गुलाब उनकै हातमा थमाउने मन छ
एक आपसमा भरपूर प्रेमभाव पोख्ने दिनमा
बगैंचामा भेटी उनीसंगै मलाई रमाउने मन छ
प्रेमिल जोडीहरू संगसंगै खुशीले रम्दै डुलिरहँदा
फलैंचामा बसी ठट्टा गर्दै उनलाई हँसाउने मन छ
मायाका शब्दहरू उनी सामु प्रकट गरिरहँदा मैले
वाचा कसम खाँदै उनलाई दिलमा बसाउने मन छ
चोखो माया प्रेम सायद कमैले गर्लान यो दुनियाँमा
निस्वार्थ भई सदा उनलाई जीवनमा सजाउने मन छ
📃🖋 तारा लाओती लिम्बू
पथरी-शनिश्चरे नगरपालिका-१, मोरङ