खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



अनुप योञ्जनको “आत्मा” स्पिरिटको पोस्टर तथा टेलर सार्वजनिक ।


 संवाददाता   January 24, 2022   855 जनाले पढ़िसके




पिस ल्याम्प इन्टरटेन्मेन्टको ब्यानर तथा प्रस्तुतीमा निर्माण भएको नेपाली छोटो चलचित्र “आत्मा“ स्पिरिटको पोस्टर तथा टेलर आज सार्वजनिक गरिएको छ !

अनुप योञ्जनको निर्देशकमा तयार भएको चलचित्रमा उज्जल बल तामाङ र सुमन बिकले छायंकन गरेका हुन भने सम्पादन पनि उज्जल बल तामाङ्गको रहेको छ प्रज्वल अधिकारी, सोदिप थापा मगर, अजय थूलुङ, गम्बो लामा, अजय रायमाझी यस चलचित्रका मुख्य कलाकार हुन !

बिशेष गरि अहिलेका युवा पुस्ताहरुमा देखिएको परिवर्तन र बिकृतिलाई चलचित्रको कथालाई केन्द्रित गरि करिब् १५ मिनेट समयको चलचित्र निर्माण गरिएको निर्देशक योञ्जन बताउछन !

चलचित्र यहि आउदो माघ १३ गते बिहीवार पि एल टिभिको अफिसियल युट्युब च्यानल बाट प्रसारण हुने छोटो चलचित्रका सहायक निर्देशक गम्बो लामाले बताए !