खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



मनलाग्दी शुल्क लिँदै पठाओ, अफलाइनबाट यात्रु ओसारपसार गर्ने धेरै-सरकारलाई छैन चासो


 संवाददाता   December 9, 2021   530 जनाले पढ़िसके




२२ मंसिर, काठमाडौं । सन् २०१८ को सेप्टेम्बरदेखि नेपालमा सञ्चालनमा आएको राइड सेयरिङ कम्पनी पठाओले यात्रुसंग मनपरी रुपमा भाडा अशुल्न थालेको छ । पठाओ राइडरले तोकिएकोभन्दा बढी शुल्क लिन थालेको हो ।

कम्पनीले चालकलाई यात्रु बोक्न प्रोत्साहन गर्ने भन्दै सेवाग्राहीसँग तोकिएको भाडादरभन्दा ४० प्रतिशतसम्म बढीसम्म शुल्क लिन थालेको हो ।

बिहान÷बेलुका कार्यालय समय र रातका बेला तथा व्यस्त समयमा सेवाग्राहीसँग यस्तो शुल्क लिने गरेको कम्पनीले स्वीकार गरेको छ । कम्पनीका अनुसार राइडर कम हुने समयमा पनि सेवाग्राहीसँग थप शुल्क लिने गरेको छ ।

कम शुल्कमा जाँदैन राइडर

कम शुल्कमा पठाओ राइडर नजाने गरेको पाइएको छ । रिकोइष्ट एसेप्ट गरेर पैसा थोरै देखिएपछि राइडरले क्यान्सिल गर्ने गरेको छ । नुवाकोटका राम थापालाई सोमबार सातदोबाटोबाट थापाथली आउनुपर्ने थियो । उनले बस कुरिरहे तर आएन । उनलाई थापाथलीमा चांडै आउनुपर्ने थियो । त्यसपछि उनले आफ्नो मोबाइलको डाटा अन गरेर पठाओ एप चलाए । १०६ रुपैंया शुल्क देखाएको त्याँहा दुईजना राईडरले एसेप्ट गर्दै क्यान्सिल गरे । उनले फेरी रिकोइष्ट पठाएपछि अर्को एकजना राइडरले असपत गरेर उनले चाँही आफु लोकेसनमा आउंदै गरेकोले बसिरहन आग्रह गरे । पठाओ कुरिरहेको १५ मिनेटपछि पनि राइडर नआएपछि उनले फोन गर्दा राइडरले पैसा कम भएकोले आफु नआएको बताए । नुवाकोटका राम त प्रतिनिधिपात्र मात्रै हुन् । यस्तो घटना अहिले उपत्यकामा छ्यापछ्याप्ती रहेको पठाओ प्रयोगकर्ताहरु बताउछन ।

अफलाइनबाटै यात्रु ओसारपसार

कम्पनीलाई कमिसन दिनुपर्ने भएकोले धेरैजसो राइडरहरुले अहिले अफलाइनबाट यात्रुलाई ओसारपसार गर्ने गरेका छन् । राइडरहरु यात्रु आउने चोकचोकमा बस्ने र यात्रु देख्नेबितिक्कै ट्याक्सीले जस्तै कता जाने हो भन्दै सोध्दै आपसी समझदारी नभई आफ्नै मनलाग्दी शुल्क लिएर यात्रुलाई ओसारपसार गर्ने गरेको पाइएको छ ।

 

के भन्छन यातायात विभाग ?

सवारीसाधन नियामक यातायात व्यवस्था विभागले भने पठाओले विभिन्न शीर्षकमा यात्रुसंग लुटिरहँदा पनि मौन बसिरहेको छ । पठाओलाई कारबाही गर्ने कानूनी आधार नभएको तर्क गर्दै विभागका केहि अधिकारीहरू कारबाही गर्नबाट पन्छिने गरेका छन् भने कहिले आफुलाई त्यो बारे जानकारी नै नभएको बताउछन ।