खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



` सुनिता बराल २ वर्ष कै अध्यक्ष हो´ : किरन बिक(अनेरास्ववियु केन्द्रिय सदस्य)


 संवाददाता   November 1, 2021   878 जनाले पढ़िसके




सोमबार १५ कात्तिक, काठमाडौं

यतिखेर प्रमुख सत्तारुढ दल नेपाली काङ्ग्रेस पार्टीको १४ औं महाधिवेशनमा जुटेको छ । माओवादी केन्द्रले पनि मिति तय गरिसकेको छ भने एमाले तिब्र प्रचारप्रसारमा छन् । एमालेले असोज १४-१६ गोदावरीमा प्रथम विधान महाधिवेशन सम्पन्न गरीसकेका छन् भने आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा केन्द्रिय अधिवेशन गर्ने तयारीमा जुटेको छ ।

यसैबीच आज हामी कुरा गर्दै छौँ अनेरास्ववियुको । अनेरास्ववियुलाई एक शैक्षिक आन्दोलनको नेता,सामाजिक परिवर्तनको सम्बाहक, राष्ट्र्यताको पहरेदार, रचनात्मक कृयाशिलताको नेता, सर्वशक्तीमान, साझा र स्वतन्त्र विद्यार्थीहरु संगठनको रूपमा लिइन्छ ।
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले असोज १४ देखि १९ सम्म काठमाडौँ स्थित कार्की ब्याङ्क्युटमा रास्ट्रीए सम्मेलन गर्यो । तर उक्त सम्मेलनबाट पदाधिकारी चयन हुन सकेन । हाल क्रान्तिकारीको अध्यक्ष मात्रै चयन गरिएको छ । माओवादी स्थायी कमिटी बैठक बसेर अध्यक्ष प्रचण्डले पन्चा सिँहलाई क्रान्तिकारीको अध्यक्षमा चयन गरे । यसभन्दा अन्य पदाधिकारीमा अझै कुरो मिलेको छैन ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भने केही समय अगाडि कोरोनाको कारण देखाउँदै रास्ट्रीय सम्मेलन नगरी भर्चुअल माध्यमबाट पदाधिकारी पुनर्गठन गरेको छ । ऐन महरको कार्यकाल सकिए संगै अहिले सुनिता बराल अध्यक्षमा चयन भएका छन् । त्यसकै वरिपरी रहेर हामीले आज अनेरास्ववियु केन्द्रीय सदस्य जो अध्ययनशिल नेताको रुपमा समेत परिचित हुनुहुन्छ , किरण बिक ।

 

उहासंग गरिएको कुराकानी यँहा प्रस्तुत छ :


अनेरास्ववियुको अवस्था के छ ?

अनेरास्ववियु निरन्तर गतिशील छ । अघिल्लो हप्तामा अधिक वर्षातले पारेको असहज व्यवस्थापनमा सकेको
सहजीकरणमा लागेको छ । अर्को तर्फ भर्खर भर्खर नयाँ नेतृत्व आएकोले केहि कार्यक्रमको तयारीमा समेत छ ।
अहिले वडा , स्थानीय तहहरुको अधिवेसन भैराखेकोले धेरै विद्यार्थी नेताहरु तेता पनि छन ।

अहिले अखिल कमजोर भएको हो र ?

तपाइले यो प्रश्न के कसरि भन्नु भो । अखिल कहिले पनि कमजोर थिएन । अझै पनि ठुलो बिद्यार्थी संगठन नै हो
। सम्बन्धित ठाउँहरुमा यसको भूमिका बलियो नै छ त । अखिल कमजोर हो भने ह्याँ बलियो को हो त ( हा हा )
?

अखिलको सिंगो कमिटि नै ओली समूहले कब्जा गरेको देखियो । अब त्यहाँ अरु छैनन ?

ओली समूह सहि शब्द होइन । जतिसुकै ढाकछेप गरे पनि गुटहरु हुन्छन । हो तेस्तो देखियो तर गुट भित्र पनि
उपगुट हुन्छन । माधव नेपालहरु जाने बित्तिकै अखिल पुनर्गठन भएकोले बाहिर बाट हेर्दा तेस्तो देखियो होला

तर नयाँ नेतृत्व त ओली निवास बाट आयो भनिन्छ नि ?

नेताहरु कहाँ छलफल पक्कै भयो होला । नेताहरुको पनि छनोट पक्कै भयो होला । तर अहिलेको अध्यक्ष
आदरणीय दिदी कमरेड सुनिता बराल त उपाध्यक्ष हुनुहुन्थ्यो नि । म त स्वभाविक नेतृत्व अपग्रेड भएको देख्छु । अहिलेको सिंगो टिम नै खासगरी पुर्व पदाधिकारीले सरसल्लाहमा बनाएको टिम हो । यसमा पार्टीका नेताहरुको भन्दा पनि विद्यार्थी नेताहरुकै भूमिका बढी छ ।

सुनिता बराललाइ ६ महिनामा बिदा गर्ने गरि अध्यक्ष बनाइएको हो तेसपछि अर्को हुन्छ भन्ने कुरामा कतिको सत्यता छ ?

पैला त यो बनाईएको भन्ने शब्दमा म सहमत छैन । पुर्वपदाधिकारीहरुले छलफलमा टुंगाको हो । अध्यक्ष पनि चुन्ने अनि टाइम लिमिट पनि दिने भन्ने हुदैन । कमिटिको एउटा कार्यकाल हुन्छ । उक्त कमिटिले पुरा कार्यकाल काम गर्छ अर्को अधिवेसन नआउन्जेल काम गर्छ । अध्यक्ष सुनिता बराल २ वर्ष कै अध्यक्ष हो । हामि कहाँ ६ महिनाको हुने कुनै कमिटि प्रणाली छैन ।

अखिलमा उमेरको हदबन्दी लगाउने कुरा कहाँ पुग्यो ?

त्यो वास्तवमा कहाँ पुग्यो कसैलाई थाहा छैन । त्यो कहिल्यै पनि औपचारिक बहसमा थिएन । त्यो खालि
फाइदा हुनेले चिया पसलमा उठाउने र फाइदा नहुनेले चिया पसलमै नकार्ने भैराखेको छ । लामो समय सम्म नेतृत्व गतिशील नहुदा त्यो कुरा उठेको हो । तर त्यो लागु भएको राम्रो हो । अखिलमा ३५ सम्मको उमेर हदबन्दी लगाउनु पर्छ भन्ने मेरो मत छ ।

अखिलको कमिटि बडेमानको जम्बो भयो भन्ने पनि छ नि ?

हो हालको कमिटि ठुलै भएको हो । लामो समय निर्वाचन नभएको कारण यस्तो हुन गएको हो । निर्वाचन हुदा आधा हारेर बिदा हुन्थे र कमिटि सानो हुन्थ्यो । तर निर्वाचन नहुदा सक्षम सबैलाई सके सम्म जिम्मेवारी दिईनु पर्छ भन्ने हिसावले ठुलो हुन गयो । फेरी बिचमा पार्टी र अखिलमा विभाजन आयो । तेसको पनि प्रभाव पर्यो ।

अब केन्द्रीय सदस्यको रुपमा तपाइको भूमिका छ ?

हा हा । यो गम्भीर प्रश्न आयो है । खासमा हामी नाम मात्रको केन्द्रीय सदस्य छौं तेती सारो परिभाषित
जिम्मेवारी छैन । उही नियमित विद्यार्थीको हकहितमा आफआफ्नो तरिकाले लागेका छौं । अखिलको सदस्य भएकोले हामी सधै जिम्मेवारी मै हुन्छौ ।

केन्द्रीय कमिटिको वैठक कहिले बस्ला ?

पहिला पनि केन्द्रिय कमिटिको एउटा पनि वैठक नबसी कार्यकाल सकियो । यसपाली तेसो नहोस भन्ने आसा गरौँ ।

अखिलमा गुण्डा टाइपका नेता बढी भए । बिद्यार्थी कम भए भन्ने छ नि ? पढेलेखेका नेता भएननन भन्ने छ नि ?

त्यो अलि अलि होला पनि । हेर्नुस म आफु चाहि लेख पढ गर्छु । नियमित कलेज जान्छु । बाहिर पनि म
डिस्कोर्सको फोरमहरु एटेण्ड गरि राख्छु । हाम्रो अहिलेको अध्यक्ष कमरेड दिदी सुनिता बराल नै लेखक हो उहाँ नियमित लेखहरु लेख्नु हुन्छ पत्रपत्रिकामा । उहाँको हालसालै पुस्तक नै प्रकाशित छ । अध्ययनशिल नेताहरु पनि छन अखिलमा ।