खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई समेटेर गायक बैरागी मोक्तानले ल्याए`भेलबाढी, पहिरो आयो रे´बोलको गीत !


 संवाददाता   July 21, 2021   2542 जनाले पढ़िसके




कुलमान योञ्जन तामाङ 

काठमाडौँ

०६ साउन २०७८ बुधबार 

काठमाडौँ । अविरल बर्षाको कारण गत असार १ गते  सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो बाढी पहिरो गयो । उक्त बाढीपहिरोको कारण करौडौँ धन र  सयौं घरपरिवार विस्थापित हुन पुग्यो । 

बाढिपहिरो गए लगत्तै सिन्धुपाल्चोकका प्रतिनिधि सभा सांसद समेत रहेका सभामुख अग्नि सापकोटा र शेर बहादुर तामाङले हेलिकप्टर मार्फत पुगेर स्थलगत निरीक्षण गरे । दुबैजना सांसदले आ-आफ्नो पहलमा  सरकारको तर्फबाट राहत दिलाउने आश्वासन पनि दिए । 

वाढिपहिरोबाट प्रभावित घरपरिवारलाई सरकारले मात्रै नभएर विभिन्न व्यक्ति,संघसंस्था र कलाकारहरुले सहयोग जुटाएर राहत सामाग्री पनि वितरण गरियो । 

उक्त सत्य घटनामै आधारित रहेर वैदेशिक रोजगारीको सिलसिलामा रहेका व्यक्तिले आफ्नो गाउँघर बगाएको,आफन्त बेपत्ता भएको र घरबार विहिन भएर बसेकाहरुलाई समर्पित गरेर तामाङ मौलिक डम्फु सेलो गायक तथा संगीतकार बैरागी मोक्तानले बजारमा  नयाँ गीत सार्वजनिक गरेका छन् ।

मोक्तानले नेपाल अन्जान क्रीयसनको अफिसियल युट्युव  च्यानलबाट  मंगलबार `भेलबाढी , पहिलो आयो रे´ बोलको नयाँ गीत सार्वजनिक गरेका हुन् । 

सर्गम स्टुडियोमा अर्पन लामाले रेकर्ड गरेको उक्त गीत रामकृष्ण लो ले लेखेका हुन् भने गायक मोक्तान आफैंले संगीत भरेका छन् । भिडियोमा मेलम्चीमा गएको बाढिपहिरो र नेपाल तामाङ कलाकार संघले गरेको राहत वितरणलाई पनि देखाइएको छ ।

भिडियो हेर्नुहोस :