खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रधानमन्त्रीलाई संविधानमा संसद विघटनको विशेषाधिकार दिइएको छैन, वरिष्ठ अधिवक्ता शाक्य।


 संवाददाता   February 18, 2021   961 जनाले पढ़िसके




काठमाडौं
०६ फाल्गुन २०७७ बिहिबार
काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार नदिएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीकातर्फबाट बिहीबार बहस गर्दै शाक्यले तत्कालीन राजालाई जसरी अहिलेको संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताएका हुन् ।

लिखित संविधानमा कुनै पनि निकायको अधिकार सीमित हुन्छ भन्दै शाक्ले सीमा नाघेर काम गरे नगरेको हेर्नुपर्ने बताए ।

उनले भने, ‘जनताले संविधानसभामार्फत विशेषाधिकार शक्तिलाई सीमित गरेर संविधान बनाएका हुन् । हाम्रो संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार दिइएको छैन ।’ उनले विघटनको मुद्दालाई राजनीतिक भनेर पन्छिन नमिल्ने बताए । एमिकस क्यूरीका तर्फबाट बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, विजयकान्त मैनाली र शाक्यले बहस गरेका छन् ।