झापा,
१८ बैशाख २०७७
झापाको बाह्रदशी गाउँपालिका-४ का ५० वर्षीय कोरोना संक्रमित व्यक्ति सँग घुलमिल रहेका तीन वटा वडामा तीन दिनदेखि पुरै सिल गरिएको छ।
सोही गाउँ पालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीकाले वडा नम्बर ३ र ५ को केही भाग र ४ को पूरै बस्ती सिल गरिएको जानकारी गराउनुभयो !
यो तीन वटा वार्ड मा मानिसहरूको आवतजावत बन्द गरिएको छ। अध्यक्ष राजवंशीले सबै मानिसलाई आ-आफ्नो घरम बस्न आग्रह गरेको बताए।
साथै सोही ठाउका संक्रमित व्यक्ति भने विराटनगरको कोसी अस्पतालमा उपचाररत छन्।