पथरिशनिस्चरे
१६ बैशाख २०७७
लक डाउनले संघिय राजधानीमा जनजिवन कष्टकर बन्दै गएपछी नागरिकलाई गृह नगर फर्काउने क्रम बढ्दो छ। मोरङ्गको पथरी शनिश्चरे नगरपालिकामा आज मात्र ९० जना भित्रिएका छन।ति मध्ये केही छिमेकी पालिकाका र अन्य पथरी शनिश्चरे नगरपालिका भित्रका रहेका छन। पथरी काठमाडौ मैत्री समाजको पहलमा आज सोमबार २ वटा रात्री बस मार्फत सो व्यक्तिहरुलाई नगर ल्याइएको हो। यश अघि पनि समाजले २ वटा बसमा सोही संख्याको हाराहारीमा नगरबासीलाई नगर ल्याइसकेको छ। काठमाडौमा बन्दाबन्दिका कारण जनजिवन कष्टकर बन्दै गएको र यो विषम परिस्थितिमा सबैलाई परिवारको साथ आवश्यक पर्ने भएकोले समाजले नगरपालिकासँग समन्वय गरेर सो ब्यक्तिहरुलाई गृह नगर ल्याएको पथरी काठमाडौ मैत्री समाजका अध्यक्ष लक्ष्मी प्रसाद कोइरालाले बताए।
जति नै पैसा तिरे पनि घर आउन नमिल्ने यो परिस्थितिमा नागरिकलाई परिवारको साथ मिलाउन आफुहरुले नगरपालिका सँग समन्वय गरेको समाजका सचिव अशोक खनालको भनाई छ। खनालले भने,“ गाडीको भाडा उहाँहरुले आफैँ तिर्नु भएको हो, तर भाडा तिर्दैमा घर आउन नसकिने यो अवस्थामा काठमाडौ पथरी मैत्री समाजले समन्वयकारी भुमिका खेलेको हो।
काठमाडौमा मान्छे भेला पार्न देखि लिएर सबै व्यवस्थापनको लागि अध्यक्ष कोइराला लगायत समाजका पदाधिकारीहरु महेन्द्र पोख्रेल, जीवन थापा , टीका गौतम , शिब राज श्रेष्ठ , गणेश घिमिरे र प्रमोद फुयालहरुको सक्रिय भुमिका रहेको थियो । २ चरणमा गरेर समाजले करिव १७० जना नगरवासीहरुलाई गृहनगर पठाएको समाजका अध्यक्ष लक्ष्मी प्रसाद कोइराला ले जानकारी दिए। विभिन्न वडा अध्यक्ष र नगरको समन्वयमा यश अघि समेत ५ वटा गाडीमा नगरवासीलाई नगर ल्याइसकिएको छ।
ल्याईएका नगरवासीहरुलाई नगरपालिका,स्वास्थ्य शाखा तथा प्रहरीले अनुगमन गर्ने र केही समस्या देखिएमा सम्बन्धित निकायमा खबर गरिहाल्न समेत भनिएको छ । काठमान्डौ सहित विभिन्न पालिका तथा सुरुक्षा निकाय संग समन्वय गर्दै आफ्ना नागरिकहरुलाई पथरी ल्याईपूर्याइएको हो