खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



फेरी कन्चनजङघा दैबिक प्रकोप समितीले पथरिशनिस्चरेका शरणार्थी क्याम्पमा भएका २ सय ५९ घरलाई राहत बितरण गर्‍यो


 संवाददाता   April 26, 2020   670 जनाले पढ़िसके




पथरिशनिस्चरे
बैशाख १४ २०७७
कन्चनजङघा दैबिक प्रकोप समितीले मोरङको पथरी शनिश्चरे वडा नम्बर -१० अवस्थित भुटानी शरणार्थी क्याममा दुइचरण गरेर २ सय ५९ घरलाई राहत बितरण कार्य सम्पन्न गरेको छ ।
समितीको पहलमा तेस्रो देश गएका भुटानी शरणार्थि नेपालीहरुबाट सहयोग संकलन हुँदा पछिल्लो पटक शिविरका १ सय ४७ परिवारका लागि आज १ हजार ७ सय केजी चामल वितरण गरिएको छ । ३ जनासम्मको परिवारलाई प्रति परिवार १० केजी र सो भन्दा बढी सदस्य संख्या रहेको परिवारलाई १५ केजीका दरले चामल तथा दाल र नून १,१ केजी र तेल १ लिटरका दरले प्रदान गरिएको छ ।
शिविर व्यवस्थापन समितिमार्फत राहत वितरण गरिएको कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले जनाए ।
समितिले यसअघि पनि अन्य १ सय ८ परिवारका लागि राहत वितरण गरेको जनाउँदै अध्यक्ष ढुंगानाले हालसम्म २ सय ५५ परिवारलाई राहत वितरण गरिएको बताए । राहतका लागि १ लाख ८७ हजार २५ रुपैयाँ सहयोग संकलन भएको पनि उनले जनाए । मास्क नहुनेलाई मास्क समेत वितरण गरिएको छ । जसमा अमेरिकामा रहेका सो शिविरका हेम गिरीले १० हजार, अमेरिकामा रहेका जिरिखिम्तीका प्रदीप कटुवालले १० हजार, विदेशमा रहेका सम्शेर निरौलाले २० हजार, जिरिखिम्तीका निकेश दहालले ५ हजार, वसन्त कार्कीले ५ हजार सहितको सहयोग जुटेको थियो । पथरी शनिश्चरेका हाल अमेरिकामा रहनुहुनेहरु डिल्लीमान वस्नेत, मानव खनाल, ओम गौतम,लक्ष्मी संग्रौला, मनिष संग्रौला, भीम पौडेल, विदुर निरौला सहितले सहयोग पठाएका हुन् ।
त्यसै गरी उर्लाबारी स्थित नमुन बाल गृहलाई चिउरा ५० केजी , चना ५० केजी , ४ सय ग्रामको २० प्याकेट भुजिया , चिनी १० केजी , साबुन ६० थान, १ कार्टुन सरफ , नुन १० केजी र १ कार्टुन सुन्तला गरेर रु १३ हजार ४ सय १० बराबरको सहयोग प्रदान गरिएको छ ।