काठमाडौं,
बैशाख १० २०७७
नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ पुगेको छ। धादिङका ३२ वर्षका युवकको रिपोर्ट कोरोना नेगेटिभ आए संगै निको हुनेको संख्या ६ पुगेको हो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत युवकको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिनुभयो ।उहाँ चैत ६ गते दुबईबाट नेपाल आउनुभएको थियो । नेपाल आउनुभएपछि होटलमा बसेको छैठौ दिनमा स्वास्थ्यमा असहज भएपछि सरुवा रोग अस्पताल पुग्नुभएको थियो ।
परीक्षण गर्दा १२ गते कोरोना भाइरस रोगको संक्रमणको पुष्टि भएको थियो ।अस्पतालबाट डिस्चार्ज भएपछी उहाँ निको हुनेमा छैठौ व्यक्ति हुनुहुनेछ ।यसअघि ५ जना निको भएर घर गइसक्नुभएको छ । यो संगै टेकु अस्पतालबाट निको हुनेको संख्या तीन पुगेको छ । धनगढीमा दुई र धौलागिरि अञ्चल अस्पतालमा उपचारत एक जना निको भएर घर जानुभइसकेको छ । सिधाकुरा बाट