९ बैशाख २०७७,
मंगलवार सुनसरी,
लकडाउनको फाइदा उठाउँदै सुनसरीको रामधुनी जङ्गलमा काठ तस्करी गर्ने तीन जनालाई पक्राउ गरिएको छ ।उनीहरूलाई सोमबार राती सशस्त्र प्रहरी र बन रक्षकको टोलीले सखुवाको काठ ट्रयाक्टरमामा लोड गदैं गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रामधुनी–६ का केशव खड्का, अर्जुन लिम्बू र रोशन राई छन् । उनीहरूलाई को २ त ९९९० नम्बरको ट्रयाक्टरमा काठ लोड गदैं गरेको सखुवा प्रजातिको ९ गोलिया बरामद गरिएको छ ।
यस्तै उनीहरूको साथबाट स १ प ७४९८ नम्बरको होण्डा कम्पनीको साइन मोटरसाइकल र ४ थान मोबाइल फोनसमेत बरामद गरिएको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले पक्राउ गरेको गणपति कृष्ण ढकालले जानकारी दिए ।रामधुनी नगरपालिका–६ बहत्तरबिघाको राष्ट्रिय वनको क्षेत्रबाट नियन्त्रणमा लिएको काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय इनरुवामा बुझाइएको छ! सिधाकुरा बाट