खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रचन्ड निबासमा पूर्व पूर्वमाओवादीका सबै मन्त्रीहरु !


 संवाददाता   April 20, 2020   346 जनाले पढ़िसके




बैशाख ८ २०७७
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन्।
पूर्वमाओवादी मन्त्री ऊर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्।
आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री वर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए।
‘सबै मन्त्रीहरूलाई प्रचण्डले निवासमा डाक्नु भएको छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषदबाट राजीनामा दिने निर्णय हुन सक्छ।’
स्रोत सेतोपाटी ll