खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



हेलमेट नलगाएको बि’बादमा प्रहरीजवानले चालकलाई कु’टे’, जवानलाई बिभागीय कारबाही गरिने, डिएसपी गिरी !


 संवाददाता   April 19, 2020   1121 जनाले पढ़िसके




पथरीशनिश्चरे
बैशाख ७ २०७७
मलामी पुगेर मोटरसाइकलमा घर फर्कदै गर्दा स्थानिय एक युवालाइ बिना हेलमेट सवारी चलाएको बिषयमा बिबाद हुँदा प्रहरी जवान द्वारा निर्घात कुट्पिट भएको छ !

पथरीशनिश्चरे – ४ किर्तिपुरका प्रेम लिम्बु मलामीबाट घर फर्कने क्रममा पथरी शनिस्चरे -१ पञ्चायत मा बि अगाडी प्रहरीले सोधपुच गर्ने क्रममा दोहोरो बिबाद भए पछी ड्युटीमा खटिएका प्रहरीले उनि माथि निर्घात कुटपिट गरेका हुन ।

कुटपिट लगत्तै उनलाई ईलाका प्रहरी कार्यालय पथरी लगिएको थियो । कुटपिट गर्ने प्रहरी जवान मदन राइलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप गिरीका अनुसार प्रहरी जवान मदन राई माथी कुटपिटमा संम्लग्न रहेको भन्दै विभागीय कारवाहिको प्रक्रिया बढाउने र साथै घ’टनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक गिरिले बताए !

कुटपिटबाट सामान्य घाइते भएका लिम्बुलाई प्रहरीले घर पठाइसकेको छ ।