खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पैसा बाटोमा फ्याकेर कोरो’नाको संत्रास फैलाउने,जनकपुरका दुबै महिला प्रहरीको कब्जामा !


 संवाददाता   April 18, 2020   393 जनाले पढ़िसके




जनकपुरधाम,
बैशाख ६ २०७७
जनकपुरधाम वडा नम्बर ६ महाबिर चोकमा शुक्रवार पैसा छ’रेर भागेकी दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी दुवैजना नातामा भाउजु र नन्द हुन ।पक्राउ गरिएको दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाईएको छ ।

उनीहरुलाई शनिवार(आज) करिव अढाई बजे जानकी नगरस्थित मदरसाको पछाडिवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीरचौकमा ती दुवै महिलाले १० रुपैयाँको नोट १२/१५ स्थानमा फा’लेर फ’रार भएका थिए।त्यसपछि को’रोना फै’लाउन पैसा फालेको भन्दै स्थानीयहरुमा खै’लाबैला म’च्चिएको थियो। प्रहरीले ती दुबै महिलाको तस्बिर सीसीटीभी फुटेजबाट सार्वजनिक गरी खोजी कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरेको थियो।साभार सिधाकुरा बाट