खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फ्रान्सबाट आएकी कोरो’ना संक्रमित प्रसिद्धि अस्पतालबाट पूर्णरुपमा स्वास्थ्य भै डिस्चार्ज भईन !


 संवाददाता   April 18, 2020   322 जनाले पढ़िसके




काठमान्डौ,
बैशाख ६ २०७७

काठमाडौं, फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ भएकी छिन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ ।स्वस्थ भएर अस्पतालबाट घर फर्कनुअघि हामी सँग कुराकानी गर्दै ती युवतीले संक्रमण भएपछि नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्कर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेकी छिन् ।

गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया यी युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णत: क्वारेन्टाइनको अनुशासन निर्वाह गरेकी थिइन् । पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचार गराएकी यिनी नेपाल आएपछि संक्रमण भएको पत्तो लाग्नासाथ नै सरकारले अन्तर्राष्ट्रिय उडान नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।

संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा काेराेना संक्रमितको संख्या ३० पुगेकाे छ । यीमध्ये पूर्णरूपमा निकाे हुनेकाे संख्या २ पुगेकाे हाे! साभार सिधाकुरा