खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पत्रकार सुजन आचार्यसहित लु’टपाटमा संलग्न अन्य ३ प्रहरी जे’ल च’लान !


 संवाददाता   April 17, 2020   422 जनाले पढ़िसके




काठमान्डौ
बैशाख ५ २०७७
काठमान्डौ , जिल्ला आदालत मकवानपुरले हिरा लु’टपाटमा सं’लग्न पत्रकार र तीनजना प्रहरीलाई पु’र्पक्षका लागि थु’नामा पठाएको छ ।शुक्रबार जिल्ला न्यायाधीश दिल्लीराज श्रेष्ठको इ’जलाशले ललितपुरको भैंसेपाटी बस्ने १९ वर्षीय पत्रकार सुजन आचार्य, वीरेन्द्रनगर १२ सुर्खेत घर भएका नेपाल प्रहरीका असई २६ वर्षीय सुरेन्द्र बहादुर बसेल, शिवालय २ जाजरकोट घर भएका नेपाल प्रहरीका जवान २७ वर्षीय वीरबहादुर बस्नेत र सिउजा १, दाङ घर भएका २८ वर्षीय प्रहरी जवान हिमकान्त पुन मगरलाई पु’र्पक्षका लागि थु’नामा राख्न आ’देश दिएको हो ।

एक जनालाई भने ध’रौटीमा छोड्न अदालतले आ’देश दिएको छ ।इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षाक विकास तामाङ ने’तृत्वको प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका ५ चौकीटारी धनलक्ष्मी गुरुङको हिरा लु’टेको आ’रोपमा पत्रकार सुजन आचार्यसहित अन्य तीन प्रहरीलाई चैत ७ गते पक्राउ गरेको थियो ।प्रहरीले उनीहरुको साथबाट एक थान हिरा, गो’ली लो’ड गरिएको अवस्थामा प्रहरीकै पे’स्तोल एक थान, चार थान स’ञ्चार सेट, दुई थान मे’टल डि’टेक्टर, एक थान क्यामेरा, एक थान ल्यापटप र ७ थान मोबाइल ब’रामद गरेको थियो साभार सिधाकुरा