खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



कुवेतमा थप ४ नेपालीमा कोरो’ना संक्रमण भेटियो,यो सङै संक्रमित नेपालीको संख्या १९ पुग्यो !


 संवाददाता   April 17, 2020   366 जनाले पढ़िसके




बैशाख ५ २०७७
कुवेत ।
कुवेतमा शुक्रबार थप ४ जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुगेको छ ।कुवेतको स्वास्थ्यले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ४ नेपालीसहित १ सय ३४ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १६ सय ५८ पुगेको छ ।तीमध्ये ५ जनाको ज्यान गएको छ, भने २ सय ५८ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३२ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ! यसैबीच कुवेतमा रहेका विदेशी नागरिकका लागि तीन महिनाको भिसा स्वत: थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत: थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।साभार सिधाकुरा