खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बेलायतमा कोरो’नाले पूर्व ब्रिटिश आर्मी तामाङको मृ’त्यु !


 संवाददाता   April 16, 2020   1551 जनाले पढ़िसके




लण्डन
बैशाख ४ २०७७
लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षका हरिमान तामाङको बुधबार सांझ हिलिङडन अस्पतालमा निधन भएको उनका आफन्त समेत पर्ने गेसो उपाध्यक्ष धर्म तामाङले जानकारी दिए ।
धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ र उनकी श्रमिती छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै आएका थिए । उनका एक छोरा अष्ट्रेलियामा छन् ।
स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।
मंगलबारसम्म अस्पतालले परिवारलाई फोन गरेर उनको स्वास्थ्यअवस्थामा सुधार हुंदै गइरहेको बताइरहेको र बुधबार बिहान एक्कासी अवस्था नाजुक बनेको खबर दिएको परिवारले बताएको छ ।बुधबार साँझ परिवारलाई उनको निधन भएको खबर दिइएको थियो ।
मृतक तामाङलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको बताइएको छ ।
बेलायतमा अहिलेसम्म १ दर्जन बढि नेपालीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । जसमध्ये केहि बाहेक अधिकांश भूतपूर्व गोर्खा छन् । नेपाली लिंक बाट