खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



साहारा नेपाल द्वारा पथरीशनिश्चरे नरगपालिकाको कोरो’ना राहत कोषमा ५० हजार सहयोग !


 संवाददाता   April 16, 2020   1581 जनाले पढ़िसके




एलिना दियाली
बैशाख ४ २०७७
साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पथरीशनिश्चरे नरगपालिकाको कोरोना राहात कोषमा ५० हजार सहयोग प्रदान गरेको छ। स्थानीय तह बिपत व्यवस्थापन समन्वय समितिहरुको सहकार्यमा नगरप्रमुख दिलिपकुमार राईलाई बुधबार सो रकम बराबरको चेक हस्तान्तरण गरिएकोे संस्थाकि पथरी शाखा प्रमुख चन्द्रकला खातीले वताउनु भयो ।चेक बुझ्दै नगर प्रमुख राईले बिपत्ति को यो अवस्थामा गरेको सहयोग प्रती साहारा नेपाललाई धन्यवाद ज्ञापन गर्नु भयो।बिश्व भरी नै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट प्रभावित प्रदेश १ का अति बिपन्न परिवारलाई सहयोग गर्ने उदेश्यले विभिन्न स्थानीय निकायको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग घोषणा गरेर सहयोग गर्दै आएको सस्थाले सोही बमोजिम यस नगरलाई सहयोग गरिएको शाखा प्रमुख चन्द्रकला खातिले बताउनुभयो।

सहकारीले विपत सापटी रकम बिना व्याज २ महिनामा फिर्ता गर्ने योजनाको पनि घोषणा गरेको छ । बिपदको अहिलेको अवस्थामा सदस्यमुखी कार्यक्रमअन्तरगत ७ करोड रुपैयाको विपत सापटी रकम विना ब्याज २ महिनामा फिर्ता गर्ने योजना घोषणा गरिएको सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । विज्ञप्तीमार्फत कार्यकारी प्रमुख गिरीले प्रतिसदस्य बढीमा ५ हजार दिने संस्थाले घोषणा गरेको र यसै सेवा केन्द्रवाट हाल सम्म २०३ जनालाई नौलाख दशहजार सापटी स्वरुप हस्तान्तरण गरि सकिएको सेवा केन्द्र प्रमुख चन्द्रकला खातिले जानकारी दिनु भयो।